FAQs Complain Problems

पशु विकास कोष सम्बन्धि सहकारी संस्था र गाउँपालिकाबीच छलफल सम्पन्न

आज मिति २०७६ माघ ८ गतेका दिन लिसंखु पाखर गाउँपालिकाभित्र संचालित सहकारी संस्था र बैंकका प्रतिनिधिहरु बीच पशुपंक्षी विकास कोष अन्तर्गत प्रवाह हुने सहुलियत कर्जा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गाउँपालिका अध्यक्ष कमल प्रसाद नेपालको अध्यक्षतामा संचालन गरियो | यस कार्यक्रममा पशुपंक्षी विकास कोषबाट प्रवाह हुने कर्जाबाट व्यावसायिक पशुपालन पकेटका रुपमा विकास गर्न सहयोग पुग्ने गरी कार्यक्रम अघि बढाउन सहभागीहरुबाट सुझाव प्राप्त भयो | प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालबाट व्यावसायिक पशुपंक्षी विकास कोष परिचालन सम्बन्धि नियमावली २०७६ को व्याख्या एवं प्रस्तुति भएकोमा यस बमोजिम योग्यता पुगेका सहकारी संस्थाहरुलाई ३ दिनभित्र प्रस्तावना पत्र सहित माग निवेदन पेश गर्ने सहमति एवं निर्णय भएको छ |

आर्थिक वर्ष: