FAQs Complain Problems

आधारभूत शिक्षा सुनिश्चित लिसंखु पाखर गाउँपालिका

यस लिसंखुपाखर गाउँपालिकाले विद्यालय जाने उमेरका सबै बालबालिकाहरुलाई विद्यालयमा ल्याएको २०७५ साल भाद्र ७ गते घोषणा गरेको छ । लिसंखुपाखर गाउँपालिकाका सबै बालबालिकालाई विद्यालयमा ल्याउने प्रदेश ३ कै पहिलो स्थानीय तह बन्न पनि सफल भएको छ | सरकारले पहिलो चरण अन्तर्गत बैशाख महिनामा भर्ना अभियान सुरु गरे पनि पहिलो चरणमा धेरै बालबालिकाहरु विद्यालय बाहिर नै रहेको तथ्यांक आएपछि साउन ३१ देखि भदौ ३१ सम्म दोस्रो चरणको भर्ना अभियान सञ्चालन गरेको थियो । सरकारको यही अभियान अन्तर्गत प्रदेश ३ का १४ जिल्लाका स्थानीय तहमध्ये लिसंखुपाखरलाई प्रदेश ३ का सामाजिक विकास मन्त्री माननीय युवराज दुलाल ज्यूले आधारभूत शिक्षा सुनिश्चित गाउँपालिका एक भव्य कार्यक्रमका बीच घोषणा गर्नुभयो | घोषणा सभामा दोस्रो चरणमा भर्ना भएका बालबालिकाहरुलाई स्टेसनरी सामान सहित नगद पनि गाउँपालिकाले प्रदान गरेको छ | साथै २०७४ सालको  SEE परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल छात्र सोनाम तामाङ तथा छात्रा बिनिता श्रेष्ठलाई पनि सम्मान गरेको छ |

आर्थिक वर्ष: