FAQs Complain Problems

सभामुखको पहलमा लिसंखु पाखर गाउँपलिकालाई स्वास्थ्य सामग्री प्राप्त

सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा ज्यूको विशेष पहल एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य माधव सापकोटा (सुबोध) को समन्वयमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण एवं रोकथामको लागि तपशील बमोजिमका स्वास्थ्य सामग्रीहरु गै.स.स. महासंघका सदस्य, पत्रकार, ने.क.पा. का जिल्ला स्तरीय तथा स्थानीय प्रतिनिधि, वडा अध्यक्ष, कार्यपालिका सदस्यको उपस्थितिमा यस गाउँपालिकाका अध्यक्ष कमल प्र. नेपाल र उपाध्यक्ष हेमगंगा मोक्तानलाई हस्तान्तरण गरिएको छ | प्राप्त सामाग्रीहरु लिसंखु पाखर गाउँपालिकाका ७ ओटा स्वास्थ्य संस्थाहरुलाई तत्काल उपलब्ध गराइने छ |

तपशील

१. पी.पी.ई. सेट                  - ७ थान

२. N95 मास्क                   - ७ थान

३. Hand Sanitizer (१०० मि. लि.) - ७ बोतल

४. सर्जिकल मास्क                - ३०० थान

५. Gloves                                          - २ बक्स

६. थर्मल गन                    - ७ थान  

साथै लि.पा.गा.पा.-६ का रबिन्द्र भण्डारीको समन्वयमा १० थान पी.पी.ई. र लक्ष्मी बैंक लि.पा. शाखाको तर्फबाट १ थान थर्मल गन यस गाउँ कार्यपालिका कार्यालयलाई आज प्राप्त भएको छ |  

आर्थिक वर्ष: