FAQs Complain Problems

सवल विदाई कार्यक्रम एवं कृषि प्रदर्शनी मेला

USAID को सहयोग एवं Save the Children International  र Care-Nepal संगको साझेदारितामा यस टुकी संघ सुनकोशीद्वारा यस लिसंखु पाखर गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ मा संचालन भएको 'सामुदायिक समुत्थानको लागि दिगो विकास' सवल कार्यक्रम (SABAL Program) जिविकोपार्जन साथै विपद जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलन अन्तर्गत कृषक परिवारलाई समुहमा आवद्ध/पहिचान गरी विगत २ वर्ष देखि हाल सम्ममा समूह वैठक एवं परिचालन, सहभागितामूलक योजना तर्जुमा लगायत जिविकोपार्जन सुधार सम्बन्धि विविध क्रियाकलाप, सैद्धान्तिक तथा प्रयोगात्मक तालिम एवं सुधारिएको विऊ-विजन र अन्य सामाग्री मार्फत सेवा पुर्याउॅदै आएको छ | आगामी दिनहरुमा अझै सहयोगको अपेक्षा गर्दै टुकी संघ सुनकोशी सवल परिवारलाई लिसंखु पाखर गाउँपालिकाले आयोजना गरेको विदाई कार्यक्रममा स-धन्यवाद सम्मान पत्र प्रदान गरेको छ | यसै विदाई कार्यक्रममा सवल परिवारका कृषि प्राविधिक एवं सवल सहजकर्ताहरुको योगदानको प्रशंसा गर्दै प्रशंसा पत्र पनि प्रदान गरेको छ |

यसका साथै गाउँपालिका स्तरीय कृषि उपज प्रदर्शनी मेला पनि आयोजना गरेको छ | सो मेलामा कृषकले उत्पादन गरेको कृषि उत्पादनहरु र कृषि औजारहरु प्रदर्शनी एवं बिक्रि वितरण पनि गरेको छ |  

आर्थिक वर्ष: