समाचार
श्रमदान द्वारा बुलबुले चिया बगान सरसफाइ कार्यक्रम ।
"स्वस्थ्य सुखी र समृद्ध लिसंखु पाखर: पर्यटन, जलस्रोत, शिक्षा र कृषिमा आधुनिकीकरण र आत्मनिर्भर" भन्ने मूल नारालाई आत्मसात गर्दै लिसंखु पाखर गाउँपालिका वडा नं. ४ मा अवस्थित बुलबुले/आम्लोङ माने चिया बगान गोडमेल तथा सरसफाइका लागि जनप्रतिनिधज्यूहरु पालिका अध्यक्ष श्री राजु लामाको नेतृत्वमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, राजनीतिक दलका स्थानीय प्रतिनिधि नेपाली काँग्रेसबाट वडा नं. ५ इकाइ सभापति श्री इराज लामा, नेकपा(एमाले) बाट पालिका कमिटी अध्यक्ष श्री शिवलाल भण्डारी(प्रदिप), नेकपा(माओवादी केन्द्र) बाट पालिका कमिटी सदस्य श्री तिर्थ तामाङ, पालिका स्तरीय सहकारी सञ्चालका अध्यक्ष श्री कुमार लामा, गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री बीर बहादुर बस्नेतका साथमा विभिन्न शाखामा कार्यरत कर्मचारीहरु र शुभेच्छुकहरुको स्वेच्छिक सहभागितामा श्रमदानद्वारा चियाबगान सरसफाइ कार्यक्रम बुलबुले चियाबगानबाट शुभारम्भ गरियो।

