FAQs Complain Problems

नवौं गाउँ सभा सम्पन्न

लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष कमल प्र. नेपालको अध्यक्षतामा बसेको नवौं गाउँ सभा आज मिति २०७८ साल असार १० गते लिसंखु पाखर गाउँपालिकाको आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम एवं बजेट पारित गरी सम्पन्न भएको छ ।

नवौं गाउँ सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालले गाउँ सभा सञ्चालन सम्बन्धी कार्यविधिहको बारे उपस्थित गाउँ सभाका सदस्यहरुलाई जानकारी गराउनु भयो |

सभाध्यक्षको आसन ग्रहण पश्चात सभाध्यक्ष कमल प्र. नेपाल र उपाध्यक्ष हेमगंगा मोक्तानले संयुक्त रुपमा पानसमा बत्ती बालेर नवौं गाउँ सभाको आरम्भ गर्नुभयो |

सभाध्यक्षले गाउँ सभामा लिसंखु पाखर गाउँपालिकाको आ.व. ०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै न्यायिक समितिको ०७७/७८ को प्रतिवेदन पनि पेश गर्नु भयो |

उपाध्यक्षले सभा समक्ष लिसंखु पाखर गाउँपालिकाको आर्थिक विधेयक, २०७८ र विनियोजन विधेयक, २०७८ प्रस्तुत गर्नुभयो | साथै वहाँले ४७ करोड ६९ लाख बाराबारको आ.व. ०७८/७९ को बजेट पनि प्रस्तुत गर्नुभयो |

कार्यसूची बमोजिम गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रम, विधेयक र बजेट उपर छलफल गरी सभाध्यक्षले गाउँ सभामा निर्णयार्थ पेश गर्नु भयो | गाउँ सभाले प्रस्तुत प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको छ |   

आर्थिक वर्ष: