FAQs Complain Problems

लिसंखु पाखर गाउँपालिकाको कभर्ड हलको उद्घाटन

आज मिति २०७८ साल असोज १९ गते लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष कमल प्रसाद नेपाल ज्युले अत्तरपुरमा नव-निर्मित कभर्ड हलको एक कार्यक्रम बीच उद्घाटन गर्नु भएको छ | सोही अवसरमा गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारी सम्मिलित ५ दिने खेलकुद प्रतियोगिता पनि संचालन गरेको छ | सो प्रतियोगितामा पुरुष फुटसल, पुरुष ब्याडमिन्टन र महिला ब्याडमिन्टन खेललाई समावेश गराइएको छ | पुरुष फुटसलतर्फ ५ टिम, पुरुष ब्याडमिन्टनतर्फ १० टिम र महिला ब्याडमिन्टनतर्फ ४ टिम समावेश भएको छ |       

आर्थिक वर्ष: